शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आइ.सि.एफ.सि. फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, पुष ७ २०७८

काठमाडौँ l आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले सोमबार आम्रपाली ब्यांक्वेट, थिरवम सडक, भाटभटेनी, काठमाडौँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभाबाट आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्ता पूजीको १४ प्रतिसत (१० प्रतिशत बोनश शेयर तथा चार प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को लागि बा≈य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूजीको १ अर्ब दुई करोड बयालीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा ए.टि.एम. मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आ.व. सम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र  १३ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।