काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चुनाव चिन्हमा आफूले कब्जा जमाउन नसकेको कुन्ठा सोमबार मात्र पोखेका छन्।
उनले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी सम्बद्ध समाजवादी प्रेस संगठनको कार्यक्रममा यस्तो कुन्ठा पोखेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरिएको तर सेटिङमा पार्टी ब्युँताउँदा सूर्य चुनाव चिन्ह फुत्किएको बताएका थिए।
गत बर्षको ५ पुसमा प्रधानमन्त्रीमा ओलीलाई घेराबन्दी गरिएपछि प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको थियो। सोही सन्दर्भलाई लिएर कार्यक्रम गरिएको थियो।
प्रचण्डले कुन्ठा पोख्नुको कारण
सतहमा माओवादी खिँइदै गएपछि एमालेसँग एकीकरण गरी पार्टी कब्जा गर्ने दाउमा प्रचण्ड जुटेका थिए। उनले एमालेका नेपाललगायतको टिमलाई सचिवालयमा आफूनजिक बहुमतमा पारी ओलीलाई एक्लो बनाएका थिए।
प्रधानमन्त्रीबाट ओलीलाई फिर्ता बोलाई नेपाललाई पठाउने र आफू एकल अध्यक्ष हुने मनसाय तथा एमाले कब्जाको रणनीति सफल नभएको पीर प्रचण्डमा छ।
‘ओलीले कुनै पनि हालतमा प्रचण्डलाई एमाले जस्तो संगठन रहेको पार्टी कब्जामा अवरोध गरेपछि विवाद निम्त्याएर अस्थिरतामा नेतृत्व लिने रणनीति अपनाएका थिए’, स्रोतले भन्यो,‘त्यसमा माधव नेपालले पार्टी बुझाउने तर ओलीलाई देखाउने अवसरवादी काम गरे, प्रचण्डलाई सघाउने निर्णय गरे।’
सर्वोच्च अदालतले पार्टी विभाजन गरी पहिलेको अवस्थामा फर्काएपछि छातीमा सूर्य चिन्ह टाँसेका प्रचण्डको सपना चकनाचुर हुँदा उक्त कुन्ठा देखिनु स्वभाविक रहेको कतिपय एमाले नेता बताउँछन्।
‘एमाले बलियो हुँदा माओवादी अझ पातलो हुँदै जाने भएपछि अहिले पद र सत्ता देखाएर एमालेविरुद्धको प्रयोगमा प्रचण्ड लागेका छन्। हिजो कांग्रेसविरुद्ध त्यसरी नै लागेका थिए’, स्रोतले भन्यो,‘जब एमाले हात नलाग्ने भयो अनि अहिले एमाले सिध्याउने खेलमा लागेका छन्।’
पहिलो संविधान सभामा ठूलो पार्टी रहेको माओवादीलाई सम्हाल्न नसकेका प्रचण्ड विस्तारै राजनीतिदेखि पलायन हुने सम्भावना देखेपछि उनी आत्तिएका छन्।