शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेकै नेता-कार्यकर्ता संंगठित गर्ने नेकपा (एस) को पहिलो योजना

मंगलबार, पुष ६ २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ ।

एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो ।

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो ।

कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ ।

कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ । ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देश दौडाहामा छन् । नागरिक दैनिकमा खबर छ l