काठमाडौ । कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आरोपितको नाम भने सार्वजनिक गरेको छैन ।
दासको शव वनमा फेला परेको थियो । मृतक दासका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव नउठाउने अडान लिएका छन् ।