बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इङ्ग्लिस प्रिमियर लिगः म्यानचेस्टरद्वारा न्यू क्यासल ४- ० ले पराजित, चेल्सी बराबरीमा रोकियो

सोमबार, पुष ५ २०७८

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

 बराबरीसँगै १८ खेलमा ४१ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोटेनह्याम २६ अङ्कसहित सातौँ स्थानमा छ । 
लिगकै अर्को खेलमा 
म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।

गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा  छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।  गएराति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उल्भ्स भने २५ अङ्क जोडेर ८ औं स्थानमा छ ।