बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘ए’ डिभिजनमा आज दुईवटा खेल हुँदै, पहिलो पटक काठमाडौं बाहिर लिग खेलाइदै

शुक्रबार, पुष २ २०७८

काठमाडौं । सहिद स्मारक लिग  ‘ए’ डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु आजबाट सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र क्लब भिड्ने छन् । 
यसैबीच 
 
काठमाडौंमा मात्रै सिमित हुँदै आएको सहिद स्मारक ए डिभिजन लिग फुटबल पहिलो पटक पोखरामा खेलिने भएको छ । 
लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल्न लागिएको हो ।

भोलि शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने छ । जुन खेल उपत्यका बाहिरको पहिलो लिग खेल हुनेछ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजनको ३ खेल पोखरामा खेल्नेछ ।

नयाँ प्रयोगका रुपमा लिगलाई काठमाडौं बाहिर ल्याएको एन्फाले जनाएको छ ।

एन्फाले  मेची देखि महाकाली सम्म रहेका उपयुक्त रंगशालामा लिगलाई लैजान पहल गरिरहेको बताएको छ ।