शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उपसभापतिमा दुई मतले हारे विजयकुमार गच्छदार

बिहिबार, पुष १ २०७८

काठमाडौँ l वर्तमान समितिमा उपसभापति रहेका विजयकुमार गच्छदार नयाँ कार्यसमितिका लागि कांग्रेसमा भएको चुनावमा उपसभापतिमा पराजित भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । गच्छदार भने दुई मतले पराजित भएका हुन् ।

सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा रहे । कांग्रेसमा दुई उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

देउवा प्यालनका खड्का र डा. शेखर कोइराला प्यानलका गुरुङ विजयी हुँदा गच्छदार पराजित भएका हुन् । खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गर्दा अर्का प्रत्यासी गच्छदार दुई मतले पराजित भएका हुन् ।

सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरे । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।