शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देशको अर्थतन्त्र डामाडोल, सबै सूचक नकारात्मक

बिहिबार, पुष १ २०७८

काठमाडौं । देशको अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले   सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।

देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ३२ प्रतिशत पुगेको छ ।

मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा चार दशमलव शून्य पाँच प्रतिशतमा सीमित थियो । यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले घटेको छ ।

असोजमा पनि रेमिट्यान्स सात दशमलव ५ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा दुई खर्ब २३ अर्ब १९ करोड पुगेको छ ।