काठमाडौँ l नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार चार दसमलव २३ अंकले घटेर २४ सय १४ दसमलव ६२ अंकमा झरेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव ८९ अंकले घटेर चार सय ५९ दसमलव ४१ अंकमा झरेको छ ।
दुई सय २८ वटा कम्पनीहरुको ७१ हजार दुई सय २९ वटाा कम्पनीहरुको ९८ लाख ७९ हजार एक सय नौ कित्ता सेयर किनबेच भएका छन भने कारोवार रकम चार अर्ब ५८ करोड ८३ लाख ९० हजार छ सय ७८ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले कमाएकाछन भने पाँच वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २८ अंकले घटेर १६ सय ५६ दसमलव १९ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, जीवन बीमा, अन्य र लघुबित्त समुहहरुको सुचक पनि घटेकाछन ।
बिकास बैंक समुहको सुचक भने ४० दसमलव ४७ अंकले बढेर ४२ सय ९९ दसमलव ३२ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ४६ दसमलव ६२ अंकले बढेर २१ सय ६० दसमलव ८६ अंकमा पुगेको छ । जलबिद्युत, निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नयाँ सारथी लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक पहिलो स्थानमा परेको छ ।