शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सभापतिका लागि देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l कांग्रेसमा नयाँ सभापति चयनका लागि दोस्रो चरणको चुनाव मंगलबार नै गर्ने तयारी भएको छ।

सोमबार भएको चुनावमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि दोस्रो चरणमा चुनाव हुने भएको हो । मंगलबार नै दोस्रो चरणको चुनाव गर्ने तयारी भइरहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु दुवैले दोस्रो चरणमा आफ्नो पक्षमा नेताहरुलाई पार्न प्रयास थालेका छन् । दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिएका छन् ।

सोमबार भएको चुनावमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो ।

तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए ।

यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।