काठमाडौं । घरेलु टोली पाकिस्तानले पहिलो टी ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ । कराँचीमा भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १ – ० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।