शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पीएम कप राष्ट्रिय महिला क्रिकेट पुस ३ गतेबाट

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले   सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् । सोही दिन दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ  ।  फाइनल खेल पुस ११ गते हुनेछ ।