काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको सभापतितर्फको मतगणना विहान ४ बजेबाट सुरु भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो ।
सोमबार १२ बजेदेखि भएको मतदान राति साढे ११ बजेसम्म चलेको थियो । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ ले भोट खसालेका छन् । मत खसेको थियो ।
राति १ बजेबाट सुरु गर्ने भनिए पनि सभापतिका प्रतिनिधिहरुले ढिलो गर्दा मत गणना समयमै सुरु हुन नसकेको हो । केन्द्रीय निर्वाचन समितीका अनुसार विहान ९ बजेसम्ममा नतिजा सार्वजनिक हुने छ ।
सभापतिका ५ जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाए आजै फेरि चुनाव गर्ने समितीको तयारी छ ।
सभापतिको परिणाम सार्वजनिक भएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने छ ।