शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्वाचनले भन्दा नेतृत्वले छानेको नेता विश्वासिलो र लोकतान्त्रिक हुन्छ: एमाले अध्यक्ष ओली

सोमबार, मंसिर २७ २०७८

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले चयन गरेका नाम उत्कृष्ट रहेकाले सबैले स्विकार्नु पर्ने बताएका छन् ।

आफुले मनोनित गरेका नाम उत्कृष्ट प्रक्रियाबाट चयन गरेकाले यो भन्दा ठुलो लोकतान्त्रिक प्रक्रिया नहुने बताएका हुन् ।   केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले नेतृत्वमा को आयो को आउन पाएन भन्दा पनि पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्न नेताहरुलाई निर्देशन दिए ।

ओलीले भने, “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।”
 
 केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताए ।

पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ठ छान्ने गाह्रो भएकाले कोही कोही छुटेको हुन सक्ने बताए ।  
 
 लोकतान्त्रिक विधिमा निर्वाचन पद्धति भन्दा  नेतृत्वले गरेको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने ओलीको भनाई थियो ।

बैठकको निर्णयलाई स्विकार्न निर्देशन दिदै ओलीले कतिपयलाई अन्याय प¥यो होला तर योभन्दा राम्रो प्रस्ताव अरु हुन नसक्ने बताए ।