बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

आइतबार, मंसिर २६ २०७८

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्रिस्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमसँग खेल्नेछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । जारी लिगमा थ्रीस्टार आज दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघिका ३ खेलबाट ४ अंक मात्रै जोडेको थ्रिस्टार क्लब तालिकाको आठौं स्थानमा रहेको छ । आज एपीएफलाई हराउन सकेको खण्डमा थ्रिस्टार तालिकाको पाँचौ स्थानमा उक्लनेछ ।

उता, एपीएफ भने लिगमा पहिलो जितको खोजीमा छ । एपीएफले शुरुवाती तिन खेलको समाप्तीसम्म अंक जोड्न सकेको छैन ।

लिगअन्तर्गत हिजोको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० ले हराउँदै साविक विजेता मच्छिन्द्र क्लब तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

चार खेलबाट १० अंक जोडेको मच्छिन्द्र क्लब मनाङ मस्र्याग्दी क्लबलाई गोल अन्तरले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।