शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन पुगे देउवा मध्यरातमा रामचन्द्र निवास ?

आइतबार, मंसिर २६ २०७८

काठमाडौँ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका देउवा नेता पौडेललाई भेट्न शनिबार राति उनकै निवास बोहोराटार पुगेका हुन्।

देउवाले नेता पौडेललाई राजनीतिमा सक्रिय भइरहन आग्रह गरेको जनाइएको छ। भेटका क्रममा सभापति देउवाले पौडेललाई भविष्यमा कुनै स्थानमा राख्ने आश्वासन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार देउवाले नेता पौडेलसँग महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।

पौडेलले इतर समूहमा साझा उम्मेदवार तय नभएपछि कांग्रेस महाधिवेशनमा भावी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर बस्ने निर्णय गरेका छन्।

कांग्रेसको भावी सभापतिका लागि देउवासँगै नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्।