बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निधिको निर्णयले कांग्रेसको राजनीति तरङ्गित, सभापतिमा पौडेललाई सर्वसम्मतीको प्रस्ताव

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ । केहि महिनादेखि सभापतिको प्रत्यासीका रुपमा उभ्याउदै आएका विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेसँगै कांग्रेस भित्रको राजनीति तरङ्गित भएको हो ।

पार्टी अधिवेशन सुरु भएकै दिन आज विहान ललितपुरमा आयोजित कार्यक्रममा नेता निधीले महाधिवेशनलाई तरङ्गित पार्ने गरि वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउने प्रस्ताव गरेका हुन् ।

पार्टीको महाधिवेशन सुरू भएकै दिन निधिबाट आएको यस्तो प्रस्तावले कांग्रेस भित्रको राजनीतिले नयाँ मोड लिएको छ ।  

निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्तावका लागि सभापति देउवालाई आग्रह गरेका छन् ।  

कांग्रेस संस्थापन देउवाको साथ छाड्दै निधिले सभापतिमा सबैभन्दा पहिले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । 
निधीले  पोडेलललाई सर्वसम्मत सभापति बनाउने हो भने आफु सभापतिको दौडबाट बाहिरिने बताए । पौडेलको नाममा सर्वसम्मत नभए आफुले सभापतिको उम्मेद्वारी भने फिर्ता नलिने उनको भनाई छ  ।  

एकताको सन्देश दिने पालो सभापति देउवाको आएको भन्दै निधिले सभापतिलाई  फराकिलो छाती बनाउन आग्रह गरेका छन् । आफ्नो समूहबाट समेत सर्वसम्मत उम्मेदवार बन्न नसकेपछि निराश बनेका पौडेल महाधिवेशन उद्घाटन समारोहमा समेत सहभागी नहुन सक्ने चर्चा चलिरहदा निधिले यस्तो प्रस्ताव गरेका हुन् ।

निधिले पौडेललाई फोन गरेर उद्घाटन समारोहमा सहभागी हुन आग्रह पनि गरेका छन् ।