काठमाडौँ l वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने नेपाल कामदारले अमेरिकी डलर १५ सय सम्मको सटही सुबिधा पाउने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले बिदेशी मुद्रा सटही सम्वन्धी व्यवस्थामा परिमार्जन गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएसंगै नेपाली कामदारले यस्तो सुबिधा पाउने भएका हुन ।
वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे बिदेशी मुद्रा अन्र्तगत अमेरिकी डलर सटही सम्वन्धी व्यवस्थामा परिमार्जन हो । परिपत्रमा भनिएको छ, नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहादानी बापत अधिकतम अमेरिकी डलर दुई सय सम्म मात्र सटही सुबिधा उपलब्ध गराउनु पर्ने छ ।
तर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुको लागि कोभिड १९ को कारण क्वारेन्टिन खर्च वापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार बिभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५ सय सम्म सटही सुबिधा बिद्युतीय कार्डका माध्यमबाट उपलब्ध गराउन व्यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।