बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सुरु, आज दुई खेल हुदै

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । सहिद स्मारक ‘ए ‘ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।

३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्ने छन् ।

३ खेलमा ५ अङ्क जोडेको आर्मी लिगको छैटौँ स्थानमा  छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।