काठमाडौँ l नेप्सेमा आज पनि पहिरो गएको छ । आज बिहिबार नेप्से पाँच दसमलव ८४ अंकले घटेर २४ सय ४९ दसमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव ४३ अंकले बढेर चार सय ६५ दसमलव २३ अंकमा चढेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको ४१ हजार तीन सय ८९ पटकको कारोवारमा ६२ लाख २३ हजात सात सय २१ कित्ता शेयर किनबेच भएकाछन भने कुुल शेयर कारोवार रकम दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १० वटा समुहले गुमाएकाछन भने तीन वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ३५ अंकले घटेर १६ सय ७५ दसमलव ४८ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि १६ दसमलव २८ अंकले घटेर २१ सय ५६ दसमलव २३ अंकमा झरेको छ ।
यसैगरी बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक भने आज बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सामुदायिक लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।