बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक

बिहिबार, मंसिर २३ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको उनले बताए ।