शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विश्वप्रकाशलाई महामन्त्रीबाट ब्याक हुन देउवाको प्रस्ताव, को हुन् पर्दा पछाडिका भिलेन?

बिहिबार, मंसिर २३ २०७८

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई आफ्नो प्यानलका महामन्त्री पदबाट ब्याक गराउन सभापति शेरबहादुर देउवाले नयाँ प्रस्ताव राखेका छन्।

दुई महामन्त्रीमा पहिलो रोजाईमा बालकृष्ण खाँणलाई कायम गरेका देउवाले अर्को महामन्त्रीमा कृष्ण सिटौलाका व्यक्तिलाई राख्ने तयारी गरेका छन्। सिटौलाले उक्त नाम अहिलेसम्म दिएका छैनन्।

महामन्त्रीको प्रचार गरेका शर्मालाई भने ८ जना निर्वाचित हुने सह–महामन्त्रीमा बस्नका लागि देउवाले प्रस्ताव गरेका छन्। खस आर्य कोटामा सह–महामन्त्रीमा रहन प्रस्ताव परेपछि शर्मा चिन्तित छन्।

संस्थापनइतरको भद्रगोलका कारण देउवाको प्यानलकै जीत हुन सक्ने भएपछि शर्मा महामन्त्री बन्ने निश्चित भएपछि सिटौला रन्थनिएका हुन्। झापाको राजनीतिमा शर्माको उदय सिटौलाका लागि चुनौति बन्ने निश्चितप्रायः भएपछि देउवासँग ब्याक गराउनका लागि प्रस्ताव गरिएको स्रोतको दाबी छ।

‘पर्दापछाडिका भिलेन त सिटौला नै हुन्। विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए कांग्रेसमा झापाबाट नेताका रुपमा उदय हुनेछ। अनि सिटौलाको डाडु पुन्यु चल्न सक्तैन’, स्रोतले भन्यो,‘यसैकारण पनि उनलाई ब्याक गराउने खलनायकको भूमिका सिटौलाले पर्दापछाडिबाट गरिरहेका छन्।’

कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ। शनिबार मनोनयन दर्ता भई नयाँ नेतृत्वका लागि चुनाव हुनेछ।