शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पुन एक अर्ब २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

बुधबार, मंसिर २२ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई पुन एक अर्ब २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि आग्रह गरेको छ ।

कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ पुस एक गतेदेखि २०७९ मंसिर २९ गतेसम्मको लागि राख्ने आव्हान गरिएको राष्ट्र बैकले जनाएको छ । 

लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब, बिकास बैंकहरुको लागि १८ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड २५ लाख रुपैयाँ रुपैयाँ रहेको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २३ गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा बोलकवोल पेस गर्नुपर्ने राष्ट्र बैकले जनाएको छ ।

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका सर्तहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।