शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला

बुधबार, मंसिर २२ २०७८

काठमाडौँ l काठमाडौंको कीर्तिपुर नगरपालिका–९ नःगाउँस्थित सडकमा कीर्तिपुर बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–२ घर भएका ४६ वर्षीय रामकृष्ण बल सोमबार मृत अवस्थामा फेला परेका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–७ जितपुर बस्ने ५० वर्षीय यज्ञ मुर्ती आचार्य घरदेखि करिब २ किलोमिटर टाढा खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बिहान बजार जान्छु भनि घरबाट हिँडेका उनको शव उक्त स्थानमा फेला परेको हो ।

काभ्रेको पनौती नगरपालिका–१० बुटापोल खोपासी बस्ने ५८ वर्षीय केशव दाहाल बेथानचोक गाउँपालिका–५ बालुवा सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गतेबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।

महोत्तरीको एकडारा गाउँपालिका–५ बडेडा बजारस्थित पोखरीमा जलेश्वर नगरपालिका–७ अंकार बस्ने ४२ वर्षीय राम श्रेष्ठ यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।