बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

श्रीमती मार्ने श्रीमान पक्राउ

बुधबार, मंसिर २२ २०७८

ललितपुर l आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।