बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा ३७ अंकको पहिरो, दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार ३७ दसमलव १८ अंकले घटेर २५ सय आठ दसमलव ९० अंकमा पुगेको छ भने सेन्सिटिभ छ दसमलव ८५ अंकले घटेर चार सय ७४ दसमलव १३ अंकमा झरेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको ४९ हजार सात सय ४१ पटकको कारोवारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा ट्रेडिङ र सामुहिक लगानी कोष समुहले कमाएकाछन भने बाँकी ११ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ५५ अंकले घटेर १७ सय तीन दसमलव ९६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७४ दसमलव ६९ अंकले घटेर २६ सय ६८ दसमलव ६१ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्राईम कर्मसियल बैंक परेको छ ।