बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साफ अण्डर १९ महिला फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली ढाका जादै

मंगलबार, मंसिर २१ २०७८

काठमाडौं । बंगलादेशमा हुने साफ अण्डर १९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश जादैछ ।

च्याम्पियनसिपको लागि नेपाली टोली आज दिउँसो बंगलादेशतर्फ प्रस्थान गर्ने छ । डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने च्याम्पियनसिपको लागि नेपाली टोलि दिउँसो पौने २ बजे बजे  बंगलादेशको ढाका प्रस्थान गर्ने बताइएको छ ।  

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् । नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ ।

अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।

फाइनल खेल डिसेम्बर २२ तारिख हुने छ ।