बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शेखर कोइराला सभापतिको दौडबाट ‘ब्याक’ भएका हुन्?

मंगलबार, मंसिर २१ २०७८

काठमाडौं। २५ मंसिरदेखि काठमाडौंमा हुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवारका रुपमा अभ्यास गरेका डा. शेखर कोइराला ‘ब्याक’ हुने भएका छन्।

संस्थापनइतर समूहका एक आकांक्षीका रुपमा रहेका कोइरालाको आफ्नो जिल्ला र प्रदेश नै कमजोर भएपछि उनी ब्याक हुन लागेका हुन्। त्यति मात्र नभएर रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षी निक्कै भएपछि उनी उपसभापति पदमा लड्न सक्ने उच्च स्रोतको दाबी छ।

पौडेल आफैं सभापतिका उम्मेदवार बन्ने तयारीमा छन्। उक्त समूहबाट प्रकाशमान सिंहले मंगलबारदेखि सम्पर्क कार्यालय खोलेर सभापतिका लागि प्रचार थाल्दैछन्। संस्थापनइतर समूहमा पनि कोइरालालाई छाड्नका लागि अन्य तयार हुने अवस्था छैन।

मंगलबार सभापतिका लागि साझा उम्मेदवार तय गर्नेगरी सिंहको निवासमा संस्थापनइतरका नेता, केन्द्रीय सदस्यको बैठक डाकिएको छ। सोमबार पौडेल निवासमा भएको बैठकमा पनि कोइराला ब्याक हुन सक्नेगरी एउटा सहमति बनेको थियो।

स्रोतले भन्यो,‘साझा उम्मेदवार बनाउने सहमति भएको छ। त्यसो हुँदा डा. शेखर कोइराला ब्याक हुने सम्भावना प्रबल छ। कोइरालालाई उपसभापतिमा सेटिङ गर्ने सम्भावना छ।’