बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिभिल बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेद्धारा शपथ ग्रहण

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रतापजङ्ग पाण्डेलाई सोमबारका नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएकाछन । 

अध्यक्ष पाण्डेले बैंकलाई थपप्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दे प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दे संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखिकार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामीदिनहरुमा अझ सशक्तरुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे । 

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हितहुने गरी सम्मानजनक मर्जरको लागिखुला रहेको धारणा समेत राखे ।