शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला 

सोमबार, मंसिर २० २०७८

काठमाडौं l मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  
यसैगगरी मकवानपुरको थाहा नगरपालिका–३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिका परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । 

काभ्रेको बेथानचोक गाउँपालिका–३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा पत्कर्सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

बाग्लुङको ढोरपाटन नगरपालिका–२ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।