शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु 

सोमबार, मंसिर २० २०७८

काठमाडौं l सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा को.१ ख ४९८८ नम्बरको बसले को.१ ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी l

नगरपालिका–८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १७ जनाको विभिन्न अस्पतलामा उचार भइरहेको छ भन्ने अन्य ४ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङको बेशिसहर नगरपालिका–२ भकुण्डेस्थित सडकमा ना.३५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ बस्ने भारत घर भएका ४५ वर्षीय सिउ नारायण पट्टेलको शनिबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
तनहुँ, व्यास नगरपालिका–११ जुगेपानीस्थित सडकमा ग.१ त ६२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २० वर्षीय अमृत नेपालीको घटनास्थलमै मृत्यु भएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा रा.१ ह २९११ नम्बरको अटो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय गंगाराम केसीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी दाङको लमही नगरपालिका–६ बनघुर्सीस्थित सडकमा रा.१ ख १७७७ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम चरण चौधरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बांणीस्थित सडकमा डीएल १ जेडसी ४७५४ नम्बरको भारतीय कारको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय तारा नाथको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । कार नियन्त्रणमा लिएर हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।