काठमाडौँ l नेपाल राष्ट्र बैंकले भोलि सोमबार नौ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
सो दिन अपरान्ह दुई बजेसम्म पुरानो नविरकरण अन्र्तगत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन ।
उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन तीन २४ र २०७९ जेठ २४ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।