शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाही विजयी

आइतबार, मंसिर १९ २०७८

काठमाडौँ l नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्।

थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्।

शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

महिला महामन्त्रीका दुई उम्मेदवार थापा र शाहीबीच आआफ्नो उम्मेदवारीबारे जुहारीसमेत चलेको थियो। नायिका थापाविरुद्ध अध्यक्ष उम्मेदवार कमल थापाले समेत नकारात्मक टिप्पणी गरेका थिए।