शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, मंसिर १९ २०७८

काठमाडौं l भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी चोकबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका राइटोल बस्ने २९ वर्षीय रोहित देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१३ स्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका–१४ बस्ने ६३ वर्षीय सोम बहादुर वाइवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–४ राईसिङबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सम्बर बहादुर आले मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एके ६०९९ नम्बरको मोटसाइकललाई प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको १ सय ७९ बोतल सिओरेक्स सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा बारागढी गाउँपालिका–४ बस्ने ३३ वर्षीय बसन्त राज चौधरी र २३ वर्षीय मुना चौधरी रहेका छन् ।  बाराबाट हेटौंडातर्फ जाँदै गरेको बा.५२ प ३९६४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरवाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल फेनारगन, ४ सय ५० एम्पुल डाइजेपाम, ४ सय ५० एम्पुल नुफिन र २ सय ७० ट्याब्लेट नाईट्रोभेट शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.६ प ५०१५ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमाथि झोलामा रहेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।