शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नवलपरासी अवैध सुपारी

शनिबार, मंसिर १८ २०७८

नवलपरासी l पाल्हीनन्दन गाउँपालिका–१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब १ लाख ८ सय रुपैयाँ मूल्य बराबरको करिब १ सय १२ किलोग्राम सुपारी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । 

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त सुपारी सोही ठाउँमा छोडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

तत्काल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।