बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

शुक्रबार, मंसिर १७ २०७८

मोरङ l सुन्दरहरैचा नगरपालिका–९ बस्ने नन्जित रजत धोबीको घर नजिकै खोले पकाउन बालेको आगोबाट उक्त घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर भित्र रहेको लत्ताकपडा, भाँडावर्तन, सुनचाँदीका गरगहना र काठपात समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।