शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भरूवा बन्दुक सहित पक्राउ

शुक्रबार, मंसिर १७ २०७८

संखुवासभा l पाँचखपन नगरपालिका–५ खमारे बस्ने राम वहादुर राईलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।