बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राप्रपा अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क, अन्य पदमा कति ?

बिहिबार, मंसिर १६ २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैंयाँ तोकिएको छ ।

राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न एक लाख शुल्क निर्धारण गरीएको हो ।

त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ । केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको निर्वाचन १५, १६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

rpp-sulk.jpg