काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४९ दशमलव ४ अंकले घटेर २५ सय ८४ दशमलव ६१ अंकमा झर्दा सेन्सिटिभ पनि ९ दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव २७ अंकमा झरेको छ ।
२ सय ३१ वटा कम्पनीहरुको ४७ हजार ८ सय ६४ पटकको कारोवारमा ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर किन-बेच भएको छ भने कारोवार रकम तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएका छन् । सो मध्ये १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दसमलव ८८ अंकले घटेर १७ सय ४५ दशमलव १४ अंकमा झरेकोमा जलविद्युत समुहको सुचक पनि ६६ दशमलव ६५ अंकले घटेर २९ सय ५८ दशमलव ११ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि ९३ दसमलव ३७ अंकले घटेर २३ सय ८९ दसमलव ६४ अंकमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी विकास बैंक पहिलो स्थानमा परेको छ ।