शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बार पदाधिकारीलाई प्रचण्डको आश्वासन !

बिहिबार, मंसिर १६ २०७८

काठमाडौँ l सर्वोच्च अदालतमा चलिरहेको विवाद निराकरण गर्ने साथै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन विषयमा सभामुख स्वेदश फर्के लगत्तै निष्कर्षमा पुर्याउने नेपाल बार एसोसिएसनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् l

बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।  सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताए ।

अहिलेको बिषय न्यायपालिकाको मात्र नभई राज्य प्रणालीसंग सम्बन्धीत बिषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरी छलफल गर्ने बताए ।

स्पेन भ्रमण सकेर सभामुख अग्नि सापकोटा स्वदेश फर्किँदैछन् ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।
डेढ महिना यता बारले प्रधानन्यायाधी राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

राणाबाहेकको फुलकोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेपछि सो निर्णय बुधबारदेखि कार्यान्वयनमा आएको छ । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेशी तोकिएको छ । प्रधानन्यायाधीश राणा कोरोना संक्रमित भएर सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत छन् । तर उनले विदा भने लिएका छैनन् ।