शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंक अफ दी एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक बन्यो एनएमबी बैंक

बुधबार, मंसिर १५ २०७८

काठमाडौँ l एनएमबी बैंकले ’बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । बैकका अनुसार नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो । ’द फाइनान्सियल टाइमस’को ’ द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदा गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले यो अवार्ड प्राप्त गरेको हो, बैंकले भनेको छ । 

यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ’अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ’बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो । 

एनएबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित हो । “बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो,“ प्रमुख कार्यकारी केसीले भने । यसअघि पनि एनएमबी बैंकले बैक अफ दि एयर २०१७, बैंक अफ दिएर २०१८ र बैंक अफ दि एयर २०२० प्राप्त गरिसकेको छ ।

पछिल्लो पटक समेत गरी एनएमबी चार पटक लगातार बैंक अफ दि एयर प्राप्त गर्न सफल भएको छ । नेदरल्याण्डको एफएमओ समुहको १३ दसमलव ६९ प्रतिसत सेयर स्वामित्व रहेको बैंकलाई बैंकको फाईनान्सीयल टाईम्स लण्डनले उक्त अवार्ड दिएको हो । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैकले यस्तो नाफा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ७३ अर्ब ४६ करोड ६६ लाख दुुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब ५७ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८५ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव दुई प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ४५ करोड ८४ लाख ५२ हजार रुपैयाँँ रहेको छ ।