शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब १० करोड रुपैयाँ राख्ने

बुधबार, मंसिर १५ २०७८

काठमाडौँ l बैंक तथा फाईनान्स कम्पनीहरुमा नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड ७८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बिभिन्न कोषहरुमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर २९ गतेसम्मको लागि उक्त रकम राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ८८ करोड ६४ लाख, बिकास बैंकहरुको लागि १६ करोड ६१ लाख र फाईनान्स कम्पनीहरुको लागि पाँच करोड ५३ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १७ गते अपरान्ह एक बजेसम्म आवेदन दिनुपर्ने छ । 

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने सर्तहरु तोकिएकाछन ।