काठमाडौँ l बुधबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने पाँच दसमलव २८ अंकले बढेर २६ सय ३३ दसमलव ६५ अंकमा पुगेको छ । सेन्सिटिभ पनि आज शुन्य दसमलव ८९ अंकले बढेर चार सय ९६ दसमलव ७४ अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ८५ पटकको कारोवारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएका छन भने सेयर कारोवार रकम दुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले कमाए पनि चार वटा समुहले भने गुमाएकाछन । ति मध्ये बाँँणिज्य बैंक समुहको सुचक एक दसमलव ६५ अंकले बढेर १७ सय ६३ दसमलव दुई अंकमा चढेको छ भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेका छन ।
निर्जिवन बीमा समुहको सुचक भने २२ दसमलव २१ अंकले घटेर ११ हजार सात सय ५२ दसमलव २१ अंकमा झरेकोमा जीवन बीमा, होटल तथा पर्यटन र लघुबित्त समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामलिङ पावर लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।