काठमाडौँ l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले १४ औं बार्षिक साधारण सभाको आव्हान गरेको छ । कम्पनीले यही मंसिर १९ गते अग्रवाल भवन कमलपोखरीमा बार्षिक साधारण सभा गर्न लागेको हो ।
सभाले अधिकृत पुंजी पाँच अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी सभाले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ मध्येबाट १५ प्रतिसतले हुुन आउने ३६ करोड २५ लाख ५८ हजार पाँच सय ५४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
कम्पनीमा हाल संस्थापक तथा साधारण सेयरधनी समुहको अनुपात ७०ः३० प्रतिसत रहेकोमा यसलाई ६०ः४० को अनुपातमा कायम गर्ने प्रस्ताव पनि बार्षिक साधारण सभाले पारित गर्ने छ । यसबाहेक बार्षिक साधारण सभामा दुई जना सञ्चालकको निर्वाचन गर्ने समेतको प्रस्ताव रहेको कम्पनीले जानकारी दिएको छ ।