बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपा महाधिवेशनः  कमल थापा र राजेन्द्र लिङ्देनको भिडन्त ‘नेक टु नेक’ हुने प्रक्षेपण

बुधबार, मंसिर १५ २०७८

काठमाडौं। हिन्दू राष्ट्र र राजसंस्था स्थापनाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

भृकुटीमण्डपमा हुने महाधिवेशनका लागि करिब ४५ सय प्रतिनिधि काठमाडौं आइपुगेको बताइएको छ। एकता महाधिवेशन भनिए पनि अध्यक्षमा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले दाबी गरेका छैनन्।

नेतृत्वका लागि कमल थापा र महामन्त्री राजेन्द्र लिङदेन मैदानमा हुनेछन्। लोहनीले लिङ्देनलाई समर्थन गरेका छन्। लिङदेन राप्रपा युवा पुस्ताका लागि लोकप्रिय पात्र हुन्।

राणा भने कतै खुलेका छैनन्। थापाले भने एक कार्यकाल आफू अध्यक्ष हुने भन्दै लिङ्देनलाई सहमतिका लागि तयार रहन भनेका छन्। तर, सहमति हुने अवस्था छैन।

राप्रपा नेताहरूका अनुसार थापा र लिङ्देनको भिडन्त ‘नेक टु नेक’ हुनेछ।

‘उस्तै परे युवा पुस्ताको मतले लिङदेन अध्यक्ष हुने सम्भावना छ। कमल थापाले राजसंस्थाको विषयलाई एजेन्डा मात्र बनाएको तर नेतृत्व गर्न नसकेको चर्चा पार्टीभित्र छ’, एक नेता भन्छन्।