बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कमल थापालाई राप्रपा अध्यक्षमा दोहोरिन सकस हुनुको कारण

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ। लागि कमल थापाले मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्षमा दोहोरिने कारण सुनाउने छन्। तर यस पटक अध्यक्षमा राप्रपाको अर्को पुस्ताको नेतृत्व गरिरहेका महामन्त्री राजेन्द्र लिङ्देनको पनि दाबी छ।

लिङ्देनको दाबीले थापालाई सकस पर्न सक्ने अनुमान गरिएको छ। लिङ्देनको पक्षमा सह–अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्रीका दाबेदार धवल शमशेर राणालगायतको साथ रहेको छ। ‘थापाले नेतृत्व मात्र रोज्ने तर पार्टीको हैसियत बढाउनका लागि खासै काम गरेका छैनन्’, एक नेता भन्छन्,‘अब अरु दलजस्तै नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको विषय अनिवार्य हुन्छ।’

लिङ्देन कुनै बेला राप्रपा विभाजन हुँदा थापाको लाइनमा उभिएका थिए। तर, अहिले उनैसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छन्। थापाकै पक्षका आधा भन्दा धेरै नेता लिङ्देनको नेतृत्व हुनुपर्ने लविङ गरिरहेका छन् भने एकीकृत भएर आएका प्रभावशाली नेतृत्व पनि लिङ्देनको पक्षमा रहेको छ।

‘जनाधार र जनमत भएका नेता लिङदेनलाई नै अध्यक्ष देख्न चहान्छन्। अब थापाले नेतृत्वको सल्लाहकारको भूमिकामा बस्नुपर्छ’, स्रोतले भन्यो,‘अन्य ठूला नेता पनि सल्लाहकारका रुपमा बस्नुपर्छ।’