बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा आज पनि भिषण पहिरो दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

सोमबार, मंसिर १३ २०७८

काठमाडौँ l नेप्सेमा आज सोमबार पनि भिषण पहिरो गएको छ । नेप्से आज २१ दसमलव ५१ अंकले घटेर २६ सय २९ दसमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ९२ अंकले घटेर चार सय ९५ दसमलव ५३ अंकमा झरेको छ ।

आज दुई सय २८ वटा कम्पनीहरुको ५१ हजार एक सय ३८ पटकको कारोवारमा ८२ लाख २५ हजार आठ सय २२ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ८९ लाख ३७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार भएकोमा आज जलबिद्युत र सामुहिक लगानी कोष सुचक बढेर हरियो देखिएपनि बाँँकी ११ वटा समुहको सुचक घटेर रातै देखिएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ८९ अंकले घटेर १७ सय ६७ दसमलव ९३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३२ दसमलव ६७ अंकले घटेर २४ सय ५४ दसमलव छ अंकमा पुगेको छ ।

 यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स, मानुषी लघुबित्त बित्तीय संस्था आदि परेकाछन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।