काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत हिजो सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १ हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १ हजार ८९ मत प्राप्त गरे ।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मीले १ हजार ८२९ र गोकर्ण केसीले १ हजार ९२२, सचिवमा इन्द्रबहादुर थापाले १हजार ९१५ र गोविन्द पुडासैनीले १ हजार ८१७ र सहसचिवमा रोमेल श्रेष्ठले १हजार ७७५ र प्रा डा अमिता प्रधानले २हजार ६६ मत ल्याएर निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थियो । यो उनको दोस्रो जित हो । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।