शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेमा निर्वाचन प्रक्रिया सुरु, अध्यक्षमा रावलको उम्मेद्वारी दर्ता

सोमबार, मंसिर १३ २०७८

काठमाडौं । चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता  गराएका हुन् । हिजै फारम लिएका रावलले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराएका हुन्
 पछिल्लो कार्यतालिकाअनुसार आज बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।

सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।  तर रावलले प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् । उनले १५ हजार शुल्क बुझाएर अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै  एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता घनश्यम भुसालले पनि उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । जारी महाधिवेशन अन्तरगत अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।