बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ए डिभिजन लिगमा आज दुईवटा खेल हुँदै

सोमबार, मंसिर १३ २०७८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतका अन्तिम दुईवटा खेल हुदैछन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । 

पहिलो खेलमा विभागीय टिम एपीएफलाई ३ – २ गोल अन्तरले हराएको बिग्रेड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटी यसअघि भएको पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २- १ गोल अन्तरले पराजित भएको थियो । 

बिग्रेड ३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ । 

यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

पहिलो खेलमा एनआरटीलाई २-१ गोल अन्तरले हराएको मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । 

मच्छिन्द्र तीन अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने  त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ ।